दैलेखमा चट्यांगले ५५ वर्षीया महिला घाइते

दैलेख – दैलेखको नारायण नगरपालिका वडा नं.२ मा राति ९ बजेतिर परेको चट्यांगले जाहारकोटकी ५५ वर्षीया महिला घाइते हुनुभएको छ । घाइते ती महिलाले आफ्नो परिचय आमसञ्चार माध्यममा नखुलाइदिन आग्रह गर्नुभएको छ ।
आफ्नै घरभित्र बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले हातमा लिएको मोबाइलमै झट्का दिएपछि बेहोस हुनुभए लगतै उपचारका लागि दैलेख अस्पताल पुराइएको थियो । ती महिलाको अवस्था खतरा मुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताउनु भयो ।
प्रतिक्रिया