दैलेखका सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री बितरण

दैलेखका सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री बितरण

दैलेख – दैलेखका चारवटा पालिकाका समुदायिक विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ । सोसेक नेपाल अन्र्तगत हातेमालो परियोजना,बालिका शसक्तिकरण परियोजना र सिद्धार्थ बैंकको सहयोगमा अपांगता भएका बालवालिका, विपन्न तथा जेहन्दार बालवालिकाहरुलाई झोलासहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।

विद्यार्थीको विद्यालयमा नियमित गराउँन दैलेख जिल्लाका ४ वटा पालिका  नारायण नगरपालिका,दुल्लु नगरपालिका,भैरवी गाउँपालिका र नौमुले गाउँपालिकाका  सामुदायिक बिद्यालयमा अध्ययनरत अपांगता भएका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्कुल झोला संगै शैक्षिक सामाग्री वितरण गरीएको हो ।

 पहिलो चरणमा रेडक्रस माध्यामिक बिद्यालय र जनता आधारभुत विद्यालयमा झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो । बुधबार नारायण नगरपालिका वडा नं.– ६ को वडा कार्यलयमा सामुदायीक बिद्यालयका १६ जना अपांगता भएका बालवालिकाहरुलाई झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

परियोजना सञ्चालन भएका सम्बिन्धत पालिका, सोसेक नेपाल अन्तरगत हातेमालो परियोजना,बालिका शसक्तिकरण परियोजनाको सहयोगमा अन्यपालिकाहरुमा करिब ३ सय जना अपांगता भएका बालवालिका,लैंङ्कि हिंसा प्रभावित ,विपन्न,संरक्षणको आवश्यकता रहेका बालवालिकाहरुको पढाई निरन्तरता तथा सहायताको लागि सहयोग पुग्ने सोसेक नेपालले जनाएको छ  । उक्त कार्यक्रममा नारायण नगरपालिका वडा नं.६ का वडा अध्यक्ष जनक न्यौपाने, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा, सिद्धार्थ बैंक शाखा प्रमुख रोशनराज दाहाल,हातेमालो परीयोजनाका कार्यक्रम प्रमुख भिम के.सि. ,पत्रकार,अभिभावक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।  

 शिक्षा समग्र विकासको मेरुदण्ड भएकाले आफ्ना बालवालिको पढाईमा सघाउन अभिभावकहरुलाई सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले आग्रह गर्नुभयो  । शिक्षक, अभिभावकले महत्व दिई सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिने वातावरण बनाउन सकिएमा विद्यालयमा नियमिता वृद्धि गर्नमा सहयोग पुग्ने भएको छ ।  


 

प्रतिक्रिया