दुल्लु १३ मा पशु विमासहित बाख्रा वितरण

दुल्लु १३ मा पशु विमासहित बाख्रा वितरण

दुल्लु –  दैलेखको दुल्लु नगरपालिका वडा नं. – १३ मा अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत दुई वटा स्वावलम्बन समूहका ५ जना सदस्यहरुलाई पशु विमासहित बाख्रा वितरण गरिएको छ । दुल्लु नगरपालिका–१३ को आर्थिक सहयोग र सोसेक नेपालद्वारा सञ्चालित हातेमालो परियोजनाको समन्वय तथा सहकार्यमा बितरण गरिएको हो ।

प्रत्येक सदस्यलाई २ वटाका दरले वाख्रा प्रदान गरिएको छ। साथै, वितरण गरिएका सबै वाख्राहरूको पशु विमा समेत गरिएको छ । सोही कार्यक्रममा सहभागी हुने वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने र आगामी दिनमा थप आयआर्जनमुखी कार्यक्रमहरू संचालन गरिने सोसेक नेपाल, हातेमालो परियोजनाका फिल्ड सहजकर्ता मानबहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा सरस्वती स्वावलम्बन समूहकी अध्यक्ष दीपा शाहीले भन्नुभयो, “वडा कार्यालय र संस्थाको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनमा सक्षम बनाउन वाख्रा वितरण गरिएको छ। भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू संचालन हुनेमा हामी आशावादी छौं ।”

त्यस्तै, मालिका अपाङ्गता स्वावलम्बन समूहका सदस्य कृष्णा कुमालले तालिम र सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सोसेक नेपालले हाम्रो अवस्था र क्षमता अनुसार तालिम दिएको छ। आजको वाख्रा वितरणले हाम्रो आत्मनिर्भर यात्रामा ठूलो योगदान पुग्नेछ भन्ने विश्वास लिएको छु।”

कार्यक्रममा वडा सचिव, जनप्रतिनिधि, स्थानियबासी तथा सोसेक नेपालका कर्मचारीहरूको उपस्थिति रहेको थियो । पशु शाखा दुल्लुका नायव पशु प्राविधिक अच्युत प्रसाद उपाध्याय र कृषि प्राविधिक ईश्वर रेग्मी पनि कार्यक्रममा सहभागी थिए ।

हाल वडा नं.– १३ का दुई स्वावलम्बन समूहमा गरी जम्मा ३६ जना सदस्य रहेका छन् । परियोजनाले आगामी केही दिनभित्र विद्यालय जाने वालवालिकाहरूका लागि शैक्षिक सामग्री वितरण तथा थप आयआर्जनमुखी गतिविधिहरू संचालन गर्ने योजना रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया