दैलेखमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम

दैलेखमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम

दैलेख –   दैलेखको वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वदेशमा नै रोजगारी गरौ, बैदेशिक रोजगारीमा जानै नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ भन्ने नारा सहित नारायण नगरपालिका रोजगार शाखा दैलेखको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

नेपालमा बैदेशिक रोजगारीमा जानेको संख्या दिनानु दिन बढ्दै गएको छ । पछिल्लो समय नेपाल बाट बैदेशिक रोजगारीम जाने मुख्य गन्तव्य (१० देश ) संयुक्त अरब इमिरेट्स, साउदी अरेविया, कतार, मलेसिया, कुवेत, क्रोसिया, रोमानीया, जापान, दक्षिणकोरिया, बहराइन देशहरुमा जाने गरेका छन् ।

गत आर्थिक वर्ष २०८० र ८१ मा कर्णाली प्रदेशबाट श्रम स्वीकृति लिएको जिल्ला मध्ये सबै भन्दा बढि सल्यान जिल्ला बाट ७ हजार ५३ जनाले श्रम स्वीकृृति लिएको तथ्यांकमा देखिएको छ भने दैलेख बाट वैदेशिक रोजगारीमा जानेको संख्या ३ हजार २३० जना,सुर्खेत जिल्लाबाट ५ हजार ३९४ जना, रुकुम पश्चिम २ हजार ६४१ जना, जाजरकोटमा २ हजार ३९६ जना,जुम्ला जिल्लाबाट ९५६ जना, कालिकोट जिल्लाबाट ८९५ जना , हुम्ला जिल्लाबाट ५६१ जना, मुगु जिल्लाबाट ५३७ जना  र डोल्पा जिल्लाबाट ५१२ जना रहेको बैदेशिक रोजगार विभागको तथ्यांकमा देखिएको छ । नेपालमा वैदेशिक रोजगारीका चुनौतीहरु दिनानु दिन बढ्दै गइरहेको छ ।

कार्यक्रमको सहजिकरण दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारी बद्धिनाथ गैरेल गर्नुभएको थियो । उहाँले वैदेशिक रोजगारीमा दक्ष बनेर चाहेको मुलुकमा कानूनी प्रक्रिया पूरा गरेर गएमा कसैलाई झन्झट र तनाव नहुने बताउनुभयो । 

साथै नारायण नगरपालिका नगर प्रमुख लोमन शर्माले कार्यक्रममा वैदेशिक रोजगारी सम्बन्धी थाह पाउनैपर्ने न्यूनतम कुरा, सहयोगी संस्थाबारे जानकारी, लिइ मात्रै वैदेशिक रोजगारीमा जादा ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यलय दैलेखका प्रमुख गणेश बहादुर बरालले बैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नगएर कामदार भिसामा गएको खण्डमा सम्झौता अनुुुसार पठाउने र जाने हुन्छ,जसका कारण ठगिने,दुःख पाउने अवस्था नआउने धारण राख्नुभयो ।

रोजगार शाखामा कार्यरत प्रेम भुर्तेलले समुदाय तहमा बैदेशिक रोजगारको असर,निति नियम र न्युनतम जानकारी दिने कार्यक्रम आवश्यक भएको बताउनुभयो । 

प्रतिक्रिया