सल्यानमा वन्यजन्तु अपराध नियन्त्रणको पहिलो समन्वय बैठक सम्पन्न

सल्यानमा वन्यजन्तु अपराध नियन्त्रणको पहिलो समन्वय बैठक सम्पन्न

सल्यान –  डिभिजन वन कार्यालय सल्यानको आयोजनामा जिल्लामा पहिलोपटक वन्यजन्तु अपराध नियन्त्रण समन्वय बैठक सम्पन्न भएको छ । डिभिजनल वन अधिकृत टेक बहादुर रावलको संयोजकत्वमा तथा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा ‘वन्यजन्तु अपराध नियन्त्रण आदेश २०८०’का प्रावधानहरू, देशभरको अपराध अवस्था र नियन्त्रण उपायबारे छलफल गरिएको थियो ।

बैठकले जिल्लामा जनचेतना र निगरानी कार्यक्रमहरू सञ्चालन गर्दै समन्वयात्मक प्रयासलाई बल पुर्‍याउने निष्कर्ष निकालेको छ। साथै, प्रदेश र केन्द्रका सम्बन्धित इकाइहरूलाई जिल्ला तहका निर्णय तथा गतिविधिबारे जानकारी गराइने निर्णय गरिएको छ।

डिभिजनल वन अधिकृत रावलले स्थानीय तह र सुरक्षा निकायको सक्रियता निर्णायक हुने बताए भने प्रजिअ सुवेदीले संरक्षणलाई राज्यको प्राथमिक जिम्मेवारी भन्दै सबै निकायबीच गम्भीर सहकार्यको आवश्यकता औंल्याउनुभयो । बैठकमा प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया