सुर्खेत उपत्यकाको उत्तरी जलाधार संरक्षण अपरिहार्य : मुख्यमन्त्री कँडेल

सुर्खेत उपत्यकाको उत्तरी जलाधार संरक्षण अपरिहार्य : मुख्यमन्त्री कँडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्रको दीर्घकालीन संरक्षण र व्यवस्थापन अपरिहार्य रहेको बताउनुभएको छ ।

वीरेन्द्रनगरमा आयोजित गुरुयोजना निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले खानेपानी संकट समाधानका लागि स्रोत क्षेत्रको संरक्षण अनिवार्य भएको उल्लेख गर्नुभयो । उहाँले प्राकृतिक वनस्पति तथा जैविक विविधताको संरक्षण, कटानी नियन्त्रण, र वैज्ञानिक ढंगले जलाधारको व्यवस्थापनमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्री सुरेश अधिकारी, नगर प्रमुख मोहनमाया ढकाल, योजना आयोग उपाध्यक्ष सूर्यनाथ योगी, जसमस प्रमुख गंगाराम सुनारसहित विज्ञ, सरोकारवाला र संस्थागत प्रतिनिधिहरूको उपस्थिति थियो । सहभागीहरूले जलाधार संरक्षण, भूक्षय नियन्त्रण र दिगो वन उपयोगका लागि गुरुयोजना प्रभावकारी हुने धारणा राखेका थिए ।


 

प्रतिक्रिया