नारायणका ११ वटै वडामा फाइजर खोप

नारायणका ११ वटै वडामा फाइजर खोप

दैलेख– दैलेखको नारायण नगरपालिका दैलेखमा १२ बर्ष भन्दा माथिका बालवालिका, बिद्यार्थी, कर्मचारी तथा सम्पूर्ण नगरबाँसिहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउँन सुरु गरेको छ ।   देशभर कोभिड – १९ को संक्रमण बढ्न थालेपछि दैलेखमा त्यस विरुद्घको खोप दिन थालिएको छ । मंगलबार र बुधवार कोभिड–१९ विरुद्धको थप बुस्टर फाइजर खोप दिन थालिएको नारायण नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उनका अनुुसार नारायणका ११ वटै वडा र नगर परिसरमा फाइजर खोप लगाइएको छ ।


उक्त कार्यक्रममा दुल्लु नगरपालिका वडा नं.५ का भत्ति प्रसाद उपाध्याय रिजालले कामको सिलशिलामा सदरमुुकाममा आएको अवसरमा फाईजर खोप लगाउने अवसर पाईएकोमा नगरपालिका स्वास्थ्य शाखालाई धन्यवाद दिनुभयो । यस खोपले कोरोना रोगलाई निर्मुल पार्ने भएकोले सबैले खोप लगाउन उहाँले आग्रह गनुभयो । 
जिल्लाको नारायण नगरपालिकामा यही असार २४ र २५ गते २ दिन खोप कार्यक्रम सञ्चालन हुने छ । पहिलो दिनमा नारायण नगरपालिकाको कार्यलयमा ११० जनाले फाईजर खोप लगाएका छन् । वडाको थप विवरण आउन बाँकि रहेको छ ।   
 

 

प्रतिक्रिया